२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

सुशीला कार्कीले पहिलो महिला प्रधानमन्त्रीको रूपमा शपथ लिइन्

काठमाडौँ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेकी छिन्। शीतल निवासमा भएको विशेष समारोहमा उनले नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास रचेकी छन्।

गतसाता युवा पुस्ता (जेन–जी) आन्दोलनको दबाबमा नियुक्त भएकी कार्कीले साढे दुई वर्ष बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी छन्। नवगठित सरकारले पहिलो मन्त्रिपरिषद् बैठकमा जननिर्वाचित संसद् भंग गर्ने ऐतिहासिक निर्णय गरेको हो।

राष्ट्रपतिले कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी दिएका छन्। यसअनुसार नयाँ जनादेशका लागि फागुन महिनाभित्र निर्वाचन गराउनुपर्नेछ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस