काठमाडौँ। सेनाको निगरानीमा रहेका निवर्तमान मन्त्रीहरूले मोबाइल फिर्ता पाएका छन्। बुधबार भैँसेपाटीस्थित निवासबाट ब्यारेकमा लगिएका उनीहरूको फोन सेनाले नियन्त्रणमा राखेको थियो।
मन्त्रीहरूले मोबाइल फिर्ता पाएसँगै सम्पर्क पुनः सामान्य बनेको छ। उनीहरू केही दिन सेनाको सुरक्षामा एउटै स्थानमा राखिएका थिए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत पूर्वप्रधानमन्त्री र शीर्ष नेताहरूलाई भने छुट्टाछुट्टै ब्यारेकमा राखिएको छ।
जेन्जी आन्दोलनपछि पुरानो सत्ता ढलेपछि सेनाले राजधानीसहित देशको सुरक्षा जिम्मा लिएको हो। त्यही प्रक्रियामा शुक्रबार अन्तरिम सरकार गठन भई सुशीला कार्की प्रधानमन्त्री बनेकी छन्।
प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार

