काठमाडौँ। जेनजी आन्दोलनका क्रममा गोली चलाउन आदेश दिएको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। पूर्वसांसद अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीमार्फत जाहेरी दिएका हुन्।
जाहेरीमा एक दर्जनभन्दा बढी युवाको मृत्यु भएको उल्लेख छ, जसमा सुलभ राज श्रेष्ठ, यम चौलागाईं, बुद्धि तामाङलगायतको नाम समावेश छ। घटनाबारे गहिरो अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ।
प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार

