२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

कर्फ्यूपछि सरकारी सेवा र विद्यालय आइतबारदेखि सुचारु

काठमाडौँ। आन्दोलनपछि रोकिएका सरकारी सेवा आइतबारदेखि पुनः सुचारु गरिने भएको छ। क्षतिग्रस्त कार्यालयहरूलाई वैकल्पिक स्थानमा संचालन गरी अत्यावश्यक सेवा अघि बढाइनेछ।

विद्यार्थीहरूका लागि पनि विद्यालयहरू खोल्न तयारी भएको छ। स्थानीय तहहरूले स्थिति अनुसार विद्यालय सञ्चालन गर्नेछन्।

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले शुक्रबारै अब सेवा अघि बढाउनेबारे ७५३ वटै पालिकाहरूलाई सर्कुलर जारी गरेको छ । मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीका अनुसार सेवा सञ्चालन गर्न सबैलाई निर्देशन दिइसकिएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस