२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

इन्धन आपूर्तिबारे बोल्यो नेपाल आयल निगम, के छ अवस्था ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा कुनै समस्या नरहेको जनाएको छ। जेन–जी आन्दोलनपछिको प्रदर्शनका कारण केही पम्प बन्द भए पनि निगमले मागअनुसार इन्धन वितरण गरिरहेको जनाएको छ।

कार्यकारी निर्देशक भट्टका अनुसार मुलुकभर शुक्रबार ३९८९ किलोमिटर पेट्रोल, २९१६ किलो डिजेल र २३ किलो मट्टितेल वितरण भएको छ। थानकोट डिपोबाट ८७० किलो पेट्रोल र ४३० किलो डिजेल आपूर्ति गरिएको छ। निगमका अनुसार इन्धन मौज्दात पर्याप्त छ, मुलुकभर १५,५०० किलो पेट्रोल र ३७,१०० किलो डिजेल भण्डारणमा रहेका छन्।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले पनि आपूर्ति सामान्य रहेको पुष्टि गरे।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस