२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

तोडफोड र आगजनीको भिडियो सार्वजनिक, रास्वपा सभापतिको राजीनामा

काठमाडौं । गत २४ भदौमा पनौतीमा भएका तोडफोड र आगजनीका भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनौती नगर सभापति विवेक भट्टराईले पार्टी परित्याग गरेका छन्।

भट्टराई काठमाडौं विश्वविद्यालयमा ल्याब टेक्निसियनका रूपमा कार्यरत छन्। भिडियोमा उनी पूर्वसांसद शिव हुमागाईंको घरमा गाडीमा आगो लगाएको देखिएको छ। पनौती क्षेत्रको आन्दोलनको नेतृत्व समेत उनले नै सम्हालेका थिए।

तत्कालीन घटनामा मेयर रामशरण भण्डारी, उपमेयर गीता बञ्जारा, पूर्वमेयर भीम न्यौपाने, क्याप्टेन रामेश्वर थापा लगायतका घरमा तोडफोड, आगजनी र लुटपाट भएको थियो। न्यौपानेका अनुसार, भट्टराईले भिड रोक्न नसकेको भन्दै आफूलाई फोन गरी ज्यान जोगाउन आग्रह गरेका थिए।

फेसबुकमा स्ट्याटस लेख्दै भट्टराईले पार्टी पदबाट राजीनामा दिँदै सक्रिय राजनीतिबाटै अलग हुने घोषणा गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस