२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

उर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गर्दा कहाँ थिए हितेन्द्र शाक्य?

काठमाडौं । नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको पदभार ग्रहण समारोहमा भीडखचाखच थियो। धेरैको ध्यान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यमा थियो, तर उनी कार्यक्रममा उपस्थित भएनन्।

मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका अनुसार शाक्य हाल फ्रान्स र दक्षिण कोरिया भ्रमणमा रहेका छन्। शाक्य फ्रान्समा पम्प स्टोरेजसम्बन्धी कार्यक्रममा सहभागी हुन र त्यसपछि कोरियामा जलविद्युत सम्बन्धी कार्यक्रममा वक्ताका रुपमा जान स्वीकृत भएका थिए।

घिसिङ पहिले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक थिए र उनले देशलाई १८ घण्टा लोडसेडिङ मुक्त बनाएका थिए। शाक्य र घिसिङको कार्यकारी निर्देशक पदमा बारम्बार फेरबदल हुँदै आएको इतिहासले पनि कार्यक्रममा शाक्य अनुपस्थित हुनुको चासो बढाएको थियो।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस