२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

जेनजी आन्दोलनको असर : महामन्त्री पद छोड्न तयार भए गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेनजी आन्दोलनले सिर्जना गरेको नयाँ राजनीतिक यथार्थ स्वीकार्दै पार्टीमा आमूल सुधारका लागि आफ्नो पदसमेत छोड्न तयार रहेको घोषणा गरेका छन्।

महामन्त्री थापाले सोमबार सामाजिक सञ्जालमार्फत पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरे। उनले भनिन् कि जेनजी आन्दोलनपछिको चुनौतीपूर्ण परिस्थितिमा पार्टीको प्राथमिक जिम्मेवारी निष्पक्ष निर्वाचन सुनिश्चित गराउनु हो।

थापाले पार्टी पुनर्गठनको आवश्यकता औँल्याउँदै सदस्यता, संगठन संरचना, नेतृत्व चयन प्रक्रिया र मुद्दाहरूमा आमूल सुधार आवश्यक रहेको बताए। यसका लागि आफू सहर्ष महामन्त्री पद छोड्न तयार रहेको उनले स्पष्ट पारे।

उनले भदौ २३ र २४ गतेको दमन र विध्वंशको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न निरन्तर दबाब दिनुपर्ने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा तत्काल जुट्ने र नागरिक सेवामा अवरोध नपुग्न पार्टीका सबै तहलाई अग्रसर हुन आग्रह गरे।

प्रकाशित मिति : २०८२ भाद्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस