काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई बधाई दिएका छन्।
शाक्यले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री घिसिङलाई बधाई दिँदै ऊर्जा क्षेत्रमा उनले पुर्याएको विशिष्ट योगदानको प्रशंसा गरेका छन्। साथै, उनले आगामी कार्यकालमा सफलताका लागि शुभकामना व्यक्त गर्दै मन्त्री घिसिङको नेतृत्वमा सम्पूर्ण ऊर्जा क्षेत्र सफल भई समृद्ध नेपालको निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार

