२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

बालेनको धमाका! नयाँ दल गठन, फागुन २१ को चुनाव तयारी सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वमा नयाँ राजनीतिक दल गठन हुने भएको छ। निकट स्रोतका अनुसार, उनले औपचारिक निर्णय अझै सार्वजनिक नगरेका भए पनि दल खोलेर आगामी निर्वाचनमा भाग लिन निश्चित प्राय रहेको छ।

स्रोतका अनुसार, मूल योजना अनुसार बालेनले २०८४ सालको आवधिक निर्वाचनको तयारीमा चुनावभन्दा लगभग ६ महिनाअघि दल घोषणा गर्ने सोच राखेका थिए। तर अप्रत्याशित राजनीतिक घटनाक्रमसँगै यही वर्ष संघीय संसदको निर्वाचन हुने घोषणा भएपछि तयारीको समय सीमित भएको छ।

उनको टिम भित्र दल घोषणा कहिले गर्ने भन्ने विषयमा सहमति बनेको छैन। ‘दल खोलेर चुनाव लड्ने विषयमा सबै सहमत छन्, तर अहिल्यै घोषणा गर्ने कि केही समय पर्खिने भन्ने विषयमा बहस भइरहेको छ,’ स्रोतले बताए।

स्रोतका अनुसार बालेनले स्वतन्त्र रहेका सबैलाई केन्द्रीय टिममा समेट्दै नेतृत्वको तयारी गरिसकेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस