२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

कर्मचारीलाई उर्जामन्त्री घिसिङको कडा निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलेका सवारीसाधन तत्काल हटाएर अन्यत्र व्यवस्थापन गर्न निर्देशन दिएका छन्।

घिसिङले रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा बनाइएको मन्त्रीको कार्यकक्ष पनि हटाउन आदेश दिएका छन्। उनले उक्त कार्यकक्ष प्राधिकरणकै कामकाजका लागि प्रयोग गर्नुपर्ने बताएका छन्।

सिंहदरबार परिसर कुरुप देखिएको भन्दै उनले क्षति पुगेका सवारीसाधन तुरुन्त हटाउन, क्षतिको मूल्याङ्कन गर्न र भवनको बाहिरी भागमा रङरोगन गर्न निर्देशन दिएका छन्। उनका अनुसार यसबाट विनासपछि पुनर्निर्माणको सन्देश जानेछ।

मन्त्री घिसिङले ‘हाम्रा संरचना हामी आफैँ बनाऔँ’ अभियानमार्फत सरकार र स्वदेश–विदेशका नेपालीबाट सहयोग सङ्कलन गरी पुनर्निर्माण सुरु गरिने पनि स्पष्ट गरेका छन्।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस