२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

जेनजी आन्दोलन : कोटेश्वर भाटभटेनीमा पनि शव फेला, मृतक संख्या ७४ पुग्यो

काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा बुधबार डढेको अवस्थामा एउटा शव फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएकोले त्यसको पहिचान अहिलेसम्म हुन सकेको छैन।

यस घटनासँगै जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ। यसअघि ७३ जनाको मृत्यु भइसकेको थियो।

यसअघि चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटबाट डढेको अवस्थामा सातवटा शव फेला परेको थियो। ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा अस्थिपञ्जरको रूपमा राखिएका छन् र पहिचान अहिलेसम्म गरिएको छैन।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस