२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

एनसेल बन्द हुने (सूचनासहित)

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले भोलि (शुक्रबार) बिहान १ बजेदेखि ४ बजेसम्म सेवा अवरुद्ध हुने जानकारी दिएको छ।

कम्पनीले नियमित सुधार प्रक्रिया अन्तर्गत प्राविधिक काम गरिरहँदा यस अवधिमा रिचार्ज, प्याक/सेवा सुचारु, एनसेल एप, च्याट, कोडहरू र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरू अवरुद्ध रहने जनाएको छ।

एनसेलले आफ्ना ग्राहकहरूलाई भरपर्दो सेवा प्रदान गर्न सधैं प्रतिबद्ध रहेको बताउँदै, “यस सुधार कार्यका दौरान पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौं,” भनिएको छ।

प्रकाशित मिति : २०८२ असोज २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस