२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

गृहमन्त्रीको बोल्ड निर्णय : काठमाडौं प्रहरी सेट नै परिवर्तन, एसएसपी पनि हटाइए

काठमाडौं । जेनजी आन्दोलनपछि सुरक्षा व्यवस्थामा कमजोरी भएको आरोप लागेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व परिवर्तन गरिएको छ।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार परिसर प्रमुख एसएसपी विश्व अधिकारीलाई आठ महिना नपुग्दै सरुवा गरी उनको स्थानमा इमान्दार अधिकृत मानिने एसएसपी रमेश थापालाई जिम्मेवारी दिइएको छ। थापाले यसअघि उदयपुर र कास्की प्रहरी कार्यालयको नेतृत्व गरिसकेका छन्।

परिसरका एसपी अपील राज बोहरा, कुलदीप चन्दलगायत डीएसपीहरू पनि सरुवा भएका छन्। बोहरा सशस्त्र प्रहरी गण नं.१ नक्सालमा, चन्द सुरक्षा सेवा व्यवस्थापन महाशाखामा पुगेका छन्। नयाँ संरचनाअनुसार परिसरमा अब एक मात्र एसपी रहनेछन्।

यस्तै, डीएसपी मोहनमणि अधिकारीलाई स्वयम्भू वृत्त, सुन्दर तिवारीलाई साइबर ब्युरो र प्रह्लाद कार्कीलाई नगर प्रहरी कार्यालयमा खटाइएको छ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस