२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

कार्की सरकार विस्तार हुँदै, यी हुन मन्त्रीका लागि चर्चामा रहेका नामहरू

काठमाडौं । अन्तरिम सरकार विस्तारको प्रयासमा प्रधानमन्त्री सुशीला कार्कीलाई चुनौती थपिएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले स्वास्थ्य मन्त्री बन्न अस्वीकार गरेका छन् भने पत्रकार जगदीश खरेल सूचना तथा सञ्चार प्रविधि मन्त्री बन्ने पक्का भएको स्रोतले जनाएको छ।

कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार पूरा हुन सकेको छैन। अहिलेसम्म रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा–पूर्वाधार, र ओमप्रकाश अर्याल गृहमन्त्री तथा कानुन मन्त्रीमा नियुक्त भइसकेका छन्।

प्रधानमन्त्रीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि डा. महावीर पुनलाई प्रस्ताव गरेकी छिन्। पुनले विज्ञान तथा प्रविधि अलग्गै मन्त्रालय चाहेको बताइएको छ। त्यस्तै, जेनजी नेताहरू रक्षा बम र बब्लु गुप्ताको नाम पनि चर्चामा छ।

कार्कीले मन्त्रिपरिषद् कार्यालय सल्लाहकार टिममा पत्रकार अजयभद्र खनाल र गोविन्दनारायण तिमिल्सिनालाई ल्याउने तयारी गरेकी छन्।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस