२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

यस्तो छ सुशीला सरकारको ८ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कति मन्त्रालय दिइयो?

काठमाडौं । गत २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। यसअघि उनले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्दै कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई नियुक्त गरेकी थिइन्।

आज (सोमबार) थप चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

यसैबीच, प्रधानमन्त्री कार्कीले परराष्ट्र र रक्षासहित ९ मन्त्रालयको जिम्मेवारी आफूमा राखेकी छिन्। साथै, यसअघि नियुक्त दुई मन्त्री रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारीमा परिवर्तन गरिएको छ।

अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थप गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरी अब उनी गृह मन्त्रालयको मात्र जिम्मेवारी सम्हाल्नेछन्। कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ।

हाल मन्त्रिपरिषद् ८ सदस्यीय रहेको छ।

मन्त्रिपरिषद् सदस्य र मन्त्रालय:

सुशीला कार्की

प्रधानमन्त्री

परराष्ट्र मन्त्रालय

रक्षा मन्त्रालय

खानेपानी मन्त्रालय

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

युवा तथा खेलकुद मन्त्रालय

वन तथा वातावरण मन्त्रालय

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

रामेश्वर खनाल

अर्थ मन्त्रालय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

कुलमान घिसिङ

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

शहरी विकास मन्त्रालय

ओमप्रकाश अर्याल

गृह मन्त्रालय

अनिलकुमार सिन्हा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

महावीर पुन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

जगदीश खरेल

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय

मदन परियार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस