२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

सुशीला सरकारको बोल्ड निर्णय : गृहसहित तीन सचिवको सरुवा

काठमाडौं। सरकारले तीनजना सचिवको सरुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गृहसचिव गोकर्णमणि दुवाडीलाई योजना आयोगमा पठाइएको छ। उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ भने योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षासचिवमा पठाइएको हो।

मन्त्रिपरिषद्को निर्णय आइतबार भए पनि सोमबार सार्वजनिक बिदा परेकाले मुख्यसचिव एकनारायण अर्यालले मंगलबार मात्र प्रमाणित गरेका हुन्। भदौ २३–२४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको आरोप गृहसचिव दुवाडीमाथि लागेको थियो।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस