२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौंमा महिलाको ह-त्या : युवक समातिए, के भन्छ प्रहरी ?

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ खहरे थापागाउँमा ६८ वर्षीया पवित्रा केसीको हत्या भएको छ। प्रहरीले हत्या आरोपमा ३२ वर्षीय सरोज थापालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार मृतकको टाउकोमा दाउराको चिर्पटले चोट पुर्‍याएर हत्या गरिएको हो। हत्या कारण खुल्न बाँकी रहेको छ। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस