२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

प्रधानमन्त्री बन्नेबारे जेनजी नेता सुदन गुरुङको बयानले सबैतिर बबाल

काठमाडौं । जेन–जी आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले अल–जजिरासँगको अन्तर्वार्तामा आगामी निर्वाचनमा प्रधानमन्त्री पदका लागि उम्मेदवार बन्ने तयारी रहेको बताएका छन्।

रगतले लतपतिएको भेस्ट देखाउँदै उनले आन्दोलनका सहिदहरूको न्याय नभएसम्म त्यो नधुने बताएका छन्। गुरुङले पुराना दलका नेताहरूको अपराध छानबिन गरी उनीहरूलाई चुनावमा रोक्नुपर्ने जोड दिए।

उनले भने, ‘हामी पछि हट्दैनौं, अन्त्यसम्म लड्छौं। यदि जनताले रोजे भने म प्रधानमन्त्रीको जिम्मेवारी लिन्छु।’

विदेश नीतिमा उनले छिमेकीसँग सम्मान र सहकार्य चाहिने तर आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य हुने बताए। राजतन्त्र पक्षधरहरूसँग सहकार्य नगर्ने तर सबै नेपालीलाई एउटै झण्डामुनि एकताबद्ध गर्न चाहने भनाइ राखे।

प्रकाशित मिति : २०८२ असोज ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस