२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

एमालेका ३२ विभागले भने : जेन-जीको चाहना अनुसार पार्टी बनाउँछौँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ३२ केन्द्रीय विभागले पार्टीलाई जेन-जीको चाहना अनुसार बनाइने प्रतिवद्धता सार्वजनिक गरेका छन्। आज भर्चुअल बैठकपछि जारी अपिलमा पार्टीले मुलुकका समग्र समस्याको समाधानका लागि प्रतिबद्धता जनाएको छ।

एमाले सङ्गठन विभागका सचिव माधव ढुङ्गेलका अनुसार, विभागले जेन–जीको भावनाअनुसार वर्तमान संविधानको मर्म र परिधिभित्र रहेर तत्काल राष्ट्रिय सरकार गठन गरी राजनीतिक अन्योल समाप्त गर्न माग गरेको छ। साथै, राष्ट्रपति रामचन्द्र पौडेललाई राजनीतिक निकासका लागि अग्रसरता र नेतृत्वको विशेष अनुरोध गरिएको छ।

अपिलमा जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको श्रद्धाञ्जली अर्पण गर्दै घाइतेका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था माग गरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस