२०८२ असोज ९ गते बिहिवार | 2025 September 25th Thursday

राजधानीको अस्पताल अगाडि अचानक ५० मिटर गहिरो खाल्डो परेपछि (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं । थाइल्याण्डको राजधानी बैंककको दुसित जिल्लामा वजिरा अस्पताल अगाडि सेप्टेम्बर २४ मा करिब ५० मिटर गहिरो र ३० मिटर चौडा खाल्डो अचानक खस्दा टो ट्रक र बिजुलीका पोल भासिएका छन्।

सबवे निर्माणकै क्रममा भूमिगत माटो खसेपछि सडक भासिएको गभर्नरले जनाएका छन्। यस घटनापछि सडक तत्काल बन्द गरिएको छ भने नजिकैका फ्ल्याटका बासिन्दा र अस्पतालका बिरामीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

खाल्डो विस्तार हुँदै गएपछि सतर्कता अपनाइएको भए पनि अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन। मर्मत कार्य भइरहेको जनाइएको छ। एजेन्सी

 

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस