२०८३ जेष्ठ १६ गते शनिवार | 2026 May 30th Saturday

बाबाको भेषमा आफ्नै १७ छात्रालाई बनाए हवसको सिकार, सुन्दै घि`न लाग्ने अप-राध

नयाँ दिल्ली। वसन्त कुञ्जस्थित एक निजी व्यवस्थापन कलेजका पूर्व प्रमुख स्वामी चैतन्यनन्द सरस्वती उर्फ पार्थ सारथीमाथि १७ जना छात्रालाई यौन उत्पीडन गरेको आरोप लागेको छ। दिल्ली प्रहरीले उनलाई फरार हुन नदिन लुकआउट सर्कुलर जारी गरेको छ।

विद्यार्थीहरूको भनाइअनुसार चैतन्यनन्दले अश्लील सन्देश पठाउने, मौखिक दुर्व्यवहार गर्ने र जबरजस्ती शारीरिक सम्पर्क गर्ने जस्ता गतिविधि गरेका छन्। कलेज प्रशासनले ३२ विद्यार्थीको बयान रेकर्ड गरेकोमा १७ जनाले उत्पीडनको उजुरी दिएका छन्।

प्रहरीका अनुसार उनी एक महिनाभन्दा बढी समयदेखि फरार छन् र दिल्ली, हरियाणा, उत्तर प्रदेश, राजस्थान र उत्तराखण्डमा छापा मारिएको छ। कलेजले चैतन्यनन्दसँग सम्बन्ध तोडेको र उनको गैरकानुनी गतिविधिबारे उजुरी दर्ता गरेको जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस