२०८३ असोज ४ गते आइतवार | 2026 September 20th Sunday

जेनजी आन्दोलनका नकाबधारीसँग बालेनको गोप्य बैठक? नयाँ खुलासाले सबैतिर हलचल

काठमाडौं । बुधबारदेखि सामाजिक सञ्जालमा मास्क र चस्मा लगाएका केही व्यक्तिहरू बैठक हलमा बसेको भिडिओ भाइरल बनेको छ। भिडिओलाई लिएर बालेन शाहले राति गोप्य बैठक गरे र जेन–जेड आन्दोलनमा नकाबधारीहरूको सक्रियता बढ्यो भन्ने दाबी गरिएको थियो।

तर यो भिडिओ हालको नभई सात महिना पुरानो भएको पत्ता लागेको छ। २०८१ साल फागुन (फेब्रुअरी २०२५) मा भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युपछि विश्वविद्यालयबाट निकालिएका विद्यार्थीहरूले आफ्नो सुरक्षाका लागि मास्क र चस्मा लगाएर अन्तर्वार्ता दिएका थिए।

भिडिओमा उनीहरूले केआईआईटीमा भएको दुर्व्यवहार, कुटपिट र अन्यायको विस्तृत विवरण दिएका छन्। ‘हामी नेपाल’ नामक फेसबुक पेजमार्फत २० फेब्रुअरी २०२५ मा सार्वजनिक भएको यस भिडियो अहिले बालेन र हालको आन्दोलनसँग जोडेर भाइरल गरिएको हो।

विशेषज्ञहरू भन्छन्, सामाजिक सञ्जालमा यस्तो दाबी गर्दा भ्रम फैलिन सक्छ। तथ्य जाँच नगरी साझा गरिएका सामग्रीले गलत सूचना र अनावश्यक राजनीतिक तनाव सिर्जना गर्न सक्छ।

प्रकाशित मिति : २०८२ असोज ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस