२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

जेनजीको असर : बाबुराम भट्टराईले गरे पद त्याग

काठमाडौँ। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले पद त्याग गरेका छन्। उनले बुधबार बसेको केन्द्रीय समिति बैठकमा निर्णय सुनाएका हुन्।

बैठकले मौजुदा समिति भङ्ग गरी उपाध्यक्ष दुर्गा सोवको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको छ। प्रवक्ता कृष्ण शर्माका अनुसार भट्टराईले राजीनामा नभई पद त्याग गरेका हुन्।

गत माघमा अध्यक्ष निर्वाचित भएका भट्टराई भदौ २३–२४ गतेको जेनजी विद्रोहपछि आलोचनामा परेका थिए। निवासमा आगजनीसम्म भएको घटनापछि बढ्दो दबाबका बीच उनले नैतिक आधारमा पद छोडेका हुन्।

प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस