२०८२ भाद्र २७ गते शुक्रवार | 2025 September 12th Friday

सुशीला कार्कीको शपथग्रहणमा पूर्वप्रधानमन्त्री बाबुरामसहित को–को गए ?

काठमाडौँ। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन्। शपथग्रहण समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश र केही उच्च पदस्थ सरकारी अधिकारी मात्र उपस्थित थिए।

कांग्रेस, एमाले र माओवादीका प्रमुख नेताहरुलाई सहभागी हुन आग्रह गरिएको भए पनि उनीहरू उपस्थित भएनन्। प्रधानमन्त्री कार्कीलाई आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गराउने जिम्मेवारी दिइएको छ।

शपथ ग्रहणपछि कार्कीले शपथपत्रमा हस्ताक्षर गरेकी थिइन्। समारोहमा उनका पति दुर्गा सुवेदी पनि उपस्थित थिए। राष्ट्रपतिले कार्कीलाई बधाई र शुभकामना दिँदै देश र सरकारको सफलताको कामना गरेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस