२०८२ भाद्र २८ गते शनिवार | 2025 September 13th Saturday

मणिपुरबाट प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै मोदीले के भने ?

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। मणिपुरबाट जारी सन्देशमा उनले नेपालको नयाँ नेतृत्वले शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे।

मोदीले पहिलो महिला प्रधानमन्त्री पाएको नेपालको उदाहरण महिला सशक्तीकरणको दृष्टान्त भएको बताए। उनले जेन–जी आन्दोलनका दौरान युवाहरूले गरेको सडक सफाइ अभियान र सामाजिक कार्यको पनि प्रशंसा गरे।

उनले भने, ‘नेपाल र भारतको सम्बन्ध ऐतिहासिक र नजिकको छ। हामी साझा मूल्य र हितको आधारमा अगाडि बढिरहेका छौं। सुशीलाजीको नेतृत्वमा नेपालले उज्जवल भविष्यको मार्ग तय गर्नेछ।’

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस