२०८३ असार १२ गते शुक्रवार | 2026 June 26th Friday

नयाँ सरकार आएसँगै कारागार फर्किए रवि लामिछाने

काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई न्यायको प्रतिमूर्ति पाएपछि अब अन्याय नहुने आशामा कारागार फर्किएका छन्। जन्मदिनको अवसरमा सामाजिक सञ्जालमा लामो सन्देश जारी गर्दै उनले औपचारिक रूपमा कारागार प्रशासनको निर्णय अनुसार फिर्ता जाने तयारी गरिरहेको बताएका थिए।

लामिछाने गत २४ भदौमा जेनजी आन्दोलनको समयमा नख्खु कारागारबाट बाहिरिएका थिए। उनले मिडियामा गरिएको प्रचारप्रसारप्रति आपत्ति व्यक्त गर्दै आफैं कारागार फर्किने निर्णय गरेको स्पष्ट पारेका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस