
काठमाडौं । सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सबै सेवा तात्कालिक रूपमा बन्द गर्ने निर्णय गरेको छ। भदौ २४ गतेको आगजनी, तोडफोड र लुटपाटका कारण अदालतको भौतिक संरचना क्षतिग्रस्त भएपछि यस्तो सूचना जारी गरिएको हो।
मुख्य रजिस्ट्रार विमल पौडेलले सार्वजनिक गरेको सूचनामा नियमित सेवाको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने उल्लेख गरिएको छ। साथै, सम्बन्धित पक्षलाई ३० दिनभित्र अदालतमा उपस्थित हुन आग्रह गरिएको छ।
प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार