२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

नेपाल राष्ट्र बैंकले दसैँका लागि सुकिला नोट सटही सुरु गर्‍यो

New notes can be exchanged from today

काठमाडौं । नेपाल राष्ट्र बैंक र वित्तीय संस्थाहरूले दसैँका लागि सुकिला नोट वितरण सुरु गरेका छन्। राष्ट्र बैंकका उप–प्रवक्ता सुमन न्यौपानेका अनुसार आइतबारदेखि थापाथलीस्थित राष्ट्र बैंक र प्रदेश कार्यालयमार्फत नोट सटही सुरु भएको छ।

प्रति प्याकेट १८,५०० रुपैयाँ बराबरको सुकिला नोट वितरण भइरहेको छ। राष्ट्र बैंकले अन्य बैंकहरुलाई पनि नोट उपलब्ध गराएको छ र ती बैंकहरुले तोकिएका शाखाबाट वितरणको व्यवस्था मिलाएका छन्।

सर्वसाधारणले आफ्नो खाता रहेको सम्बन्धित बैंकबाट सुकिला नोट प्राप्त गर्न सक्नेछन्। नोट सटहीको सेवा असोज १० गतेसम्म जारी रहने जानकारी उप–प्रवक्ता न्यौपानेले दिएका छन्।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस