२०८२ चैत्र २५ गते बुधवार | 2026 April 8th Wednesday

जेनजी नेता सुदन गुरुङ एमालेमा, महेश बस्नेतले गरे गम्भीर खुलासा

काठमाडौं। नेकपा एमालेले संविधान दिवसको अवसरमा पार्टी कार्यालय च्यासलमा कार्यक्रम आयोजना गर्‍यो। कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीबाहेक अधिकांश नेताहरू सहभागी थिए।

कार्यक्रम सकिएपछि एमाले नेता महेश बस्नेत युट्युबरहरूसँग गफमा थिए। एक युट्युबरले सुदन गुरुङको आरोपबारे सोध्दा बस्नेतले भने, ‘यस्ता हावा कुरा, आरोप लगाएको छैन। सुदन भाइ डराएर केही भनेको हो।’ उनले सुदन गुरुङ सम्भवतः एमालेमा आउन सक्ने दाबी समेत गरे।

बस्नेतले अभिनेत्री रिमा विश्वकर्मालाई जवाफ दिँदै भने, ‘मलाई गुन्डा भन्ने? २३ वर्षको उमेरमा गाविस अध्यक्ष भएँ, अहिलेसम्म कसैसँग दुई रूपैयाँ मागेको छैन।’ उनले विश्वकर्मालाई आफ्नो घरमा आएर साँचो अवलोकन गर्न सुझाव पनि दिए।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस