
काठमाडौं । असोज महिनामा प्रत्येक राशिले नयाँ अवसर, चुनौती र अनुभव सामना गर्नुपर्नेछ। तपाईंको दैनिक जीवन, पारिवारिक सम्बन्ध, स्वास्थ्य र आर्थिक अवस्थामा यस महिनाले कस्तो प्रभाव पार्नेछ भन्ने कुरा जान्नका लागि आफ्नो राशिफल अवश्य हेर्नुहोस्।
मेष:
मध्यम फलदायी महिना। शारीरिक र मानसिक स्वास्थ्य अनुकूल। आकस्मिक यात्रा र स्थान परिवर्तनको सम्भावना। उच्च मनोबल र कार्यक्षमता। प्रतिस्पर्धामा सफलता। धार्मिक र सामाजिक काममा रुचि। आर्थिक पक्ष मध्यम सफलता।
वृष:
स्थान परिवर्तन र रमाइलो यात्राको अवसर। पारिवारिक भेटघाट र सामाजिक कार्यमा सहभागिता। व्यर्थको दौडधुपले शारीरिक थकान। आर्थिक पक्ष मध्यम सफलता।
मिथुन:
कार्यव्यस्तता बढेर शारीरिक ताप बढी। घरायसी चिन्ता। सामान्य अस्वस्थता र चोटपटकको सम्भावना। रमाइलो यात्रा र मनोरञ्जन। आर्थिक लाभको योग।
कर्कट:
शारीरिक र मानसिक स्वास्थ्य अनुकूल। आकस्मिक यात्रा र स्थान परिवर्तन। आर्थिक कारोबारमा सफलता। पारिवारिक भेटघाट र आत्मीयजनको रमाइलो।
सिंह:
गर्न आँटेका काममा ढिलासुस्ती। शारीरिक र मानसिक स्वास्थ्य अनुकूल। अनावश्यक खर्च बढ्ने। यात्रा र सवारीमा सावधानी। पठनपाठनमा सफलता।
कन्या:
अनायासै समस्या आउन सक्छ। सामान्य अस्वस्थता। आर्थिक कारोबारमा सावधानी। घरायसी खर्च र दम्पतीबीच सामान्य खटपट। मित्र भेटघाटको अवसर।
तुला:
कार्यव्यस्तता बढेर शारीरिक ताप बढी। सामान्य अस्वस्थता। रमाइलो भ्रमण र मनोरञ्जन। पठनपाठन र धार्मिक क्रियाकलापमा रुचि। आर्थिक पक्षमा मध्यम सफलता।
वृश्चिक:
रोकिएका काम क्रमशः बन्दै जाने। सफलताको महिना। शारीरिक र मानसिक स्वास्थ्य अनुकूल। उच्च मनोबल र कार्यक्षमता। धनागम र सामाजिक कार्यमा सफलता। आकस्मिक यात्राको योग।
धनु:
उच्च मनोबल। कार्यक्षमता वृद्धि। बाधा हट्ने। प्रतिस्पर्धामा सफलता। पारिवारिक भेटघाट र मनोरञ्जन। आर्थिक काममा सफलता।
मकर:
मध्यम फलदायी महिना। कार्यव्यस्तता बढ्ने। सामान्य अस्वस्थता। घरायसी विषयमा असमझदारी। नयाँ ठाउँको यात्रा र रमाइलो अवसर।
कुम्भ:
सामान्य अस्वस्थता। कार्यव्यस्तता बढेर शारीरिक परिश्रम बढी। घरायसी खर्च बढ्ने। धार्मिक र सामाजिक काममा सहभागिता। धनागमको योग।
मीन:
शारीरिक स्वास्थ्य अनुकूल। रमाइलो भ्रमण र आम्दानीका अवसर। कार्यव्यस्तता बढ्ने। आर्थिक पक्षमा सफलता। पारिवारिक विवाद सामान्य।