२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

बालेनले नयाँ दल खोल्दै, युवा पुस्तामा उत्साहको लहर

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) नयाँ राजनीतिक पार्टी खोल्नतर्फ सक्रिय भएका छन्। उनी आगामी संघीय निर्वाचनमा सहभागिता जनाउने उद्देश्यले पार्टी गठनको प्रक्रिया अघि बढाइरहेका छन्।
निकट स्रोतका अनुसार, पार्टी खोल्ने प्राविधिक तयारीहरू भईरहेका छन् र निर्वाचन नजिकिँदै गर्दा औपचारिक घोषणा हुने अनुमान छ। अनपेक्षित रूपमा मध्यावधि निर्वाचनको घोषणा भएपछि बालेनमाथि नयाँ दल गठन गर्न दबाब बढेको बताइन्छ।
उनको योजना चुनावभन्दा लगभग ६ महिनाअघि पार्टी घोषणा गरेर तयार हुनु थियो। तर, सरकारले फागुन २१, २०८४ मा आमनिर्वाचन घोषणा गरेपछि तयारीका लागि समय सीमित भएको छ।
स्रोतले बताएको छ कि दल गठन गर्ने निर्णयमा सबैको समर्थन भए तापनि, कहिले औपचारिक घोषणा गर्ने भन्ने विषयमा टिमभित्र अझै एकमत बन्न नसकेको छ। औपचारिक घोषणा नभए पनि पुराना दलसँग आजित युवा पुस्तामा खु:शीको नयाँ लहर देखिन्छ।

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार
प्रतिक्रिया दिनुहोस