२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

गृहमन्त्री अर्यालको जिम्मेवारी किन कटौती गरियो ?

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् हेरफेर गर्दै यसअघि नियुक्त दुई जना मन्त्री रामेश्वर खनाल र ओमप्रकाश अर्यालको विभागीय जिम्मेवारीमा परिवर्तन गरेकी छिन्।

अर्थमन्त्री रामेश्वर खनाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी थप गरिएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालको कानुन मन्त्रालयको जिम्मेवारी कटौती गरी अब उनले गृह मन्त्रालय मात्र सम्हाल्ने भएका छन्। कानुन मन्त्रालयको जिम्मेवारी सोमबार नियुक्त अनिलकुमार सिन्हालाई दिइएको छ।

हाल मन्त्रिपरिषद् ८ सदस्यीय रहेको छ। कुलमान घिसिङ र अनिलकुमार सिन्हालाई तीन-तीन मन्त्रालयको जिम्मेवारी दिइएको छ। रामेश्वर खनाललाई दुई मन्त्रालयको जिम्मेवारी छ भने डा. मदन परियारलाई कृषि, महावीर पुनलाई शिक्षा र जगदिश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मात्र दिइएको छ। बाँकी मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्कीसँगै छ।

प्रकाशित मिति : २०८२ असोज ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस