२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

एमाले अध्यक्ष ओली बिरामी, के भएको हो ?

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज स्थगित भएको छ। अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उपमहासचिव विष्णु रिमालले बैठक स्थगित भएको जानकारी दिएका छन्।

रिमालका अनुसार, शुक्रबारको बैठक रातिसम्म आठ घण्टाभन्दा बढी समयसम्म चलेको थियो र सहभागीहरू थकित भएका कारण आज आराम गरेर भोलि बैठक निरन्तर हुने निर्णय गरिएको हो।

भोलि बिहान ११ बजे बैठक बस्ने गरी तयारी भइरहेको जानकारी सचिव स्रोतले दिएका छन्।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस