२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

तिहारपछि सुन १५ हजारभन्दा धेरै घट्ने, अन्तर्राष्ट्रिय बजारमा के छ ट्रेन्ड ?

Gold Price Hits All-Time High Again Today In Nepal

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घट्दै गएको छ। मंगलबार र बुधबारको कारोबारमा सुनको मूल्य झण्डै ७ प्रतिशतले घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सोमबार सुनको मूल्य प्रतिऔंस ४ हजार २६७ अमेरिकी डलर पुगेको थियो। मंगलबार बजार खुल्दा मूल्य ४ हजार ३६६ डलरमा थियो, तर अन्त्यसम्ममा घटेर ५ हजार १२५ डलरमा झर्‍यो — यो करिब ५.२९ प्रतिशतको गिरावट हो।

बुधबार पनि बजार खुल्दा सुन ४ हजार १२४ डलरबाट १.५२ प्रतिशतले घटेर ४ हजार ६४ डलर प्रतिऔंसमा कारोबार भइरहेको देखिएको छ।

नेपालमा भने तिहारको सार्वजनिक बिदाका कारण नयाँ मूल्य निर्धारण गरिएको छैन। तर अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटका आधारमा हेर्दा नेपाली बजारमा पनि झण्डै १५ हजार रुपैयाँभन्दा बढी मूल्य सस्तो हुने अनुमान गरिएको छ।

विश्लेषकहरूका अनुसार अहिले सुनको मूल्य घट्नुको प्रमुख कारण अन्तर्राष्ट्रिय राजनीतिक तनावमा आएको स्थिरता हो। केही दिनअघि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हतियार सहायता विषयमा वार्ता गरेका थिए। तर, ट्रम्पले युद्ध अन्त्य गर्नुपर्ने सुझाव दिएपछि बजारमा स्थिरताको संकेत देखिएको र त्यसको सीधा असर सुनमा परेको बताइन्छ।

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस