२०८२ कार्तिक १२ गते मङ्गलवार | 2025 October 28th Tuesday

आज ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ३७ हजार रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सोमबार सुन तोलाको २ लाख ३९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन सोमबार तोलाको २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार (आज) घटेर २ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ३ हजार १९० रुपैयाँ, र प्रति १० ग्राम चाँदीको मूल्य २ हजार ५०३ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

 

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस