२०८२ असोज २४ गते शुक्रवार | 2025 October 10th Friday

३ बुँदामा सेनाको स्पष्टिकरण : जारी गर्‍यो महत्वपूर्ण सूचना (पत्रसहित)

Chief of the Army Staff Nepal

काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनपछिको संवेदनशील परिस्थितिमा छिटोभन्दा छिटो शान्ति र सुरक्षा कायम राख्न आवश्यक कदम चालिरहेको जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा सेनाले विद्वान, समाजसेवी, सञ्चारकर्मी र नागरिकबाट प्राप्त सुझाव र आलोचनाप्रति आभार व्यक्त गरेको छ।

सेनाले आन्तरिक सुरक्षा प्रभावित हुन सक्ने घटनाहरूलाई वस्तुपरक मूल्याङ्कन गर्दै आवश्यक पहल लिएको र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका टिप्पणीहरूमा ध्यानाकर्षण भएको जानकारी दिएको छ। साथै, आफ्नो गतिविधि नियमित रूपमा प्रेस नोट, विज्ञप्ति र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस