२०८३ जेष्ठ १४ गते बिहिवार | 2026 May 28th Thursday

यी हुन् मन्त्रिपरिषद बैठकका २० महत्वपूर्ण निर्णय (सूचीसहित)

काठमाडौं । सरकारले असोज २३ गते बसेको मन्त्रिपरिषद् बैठकका २० वटा निर्णय सार्वजनिक गरेको छ। शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठकले भदौ २३ र २४ गतेका आन्दोलनका क्रममा भएको सार्वजनिक संरचनाको पुनर्निर्माण, प्रभावितलाई राहत र आर्थिक पुनरुत्थानका लागि आवश्यक बजेट रकमान्तर गर्न सकिने आदेश जारी गर्ने निर्णय गरेको छ।

त्यसैगरी, चालु आर्थिक वर्षका कार्यक्रमहरू भित्र नै बजेट थप गर्नुपर्ने भएमा रकमान्तरको सीमा कायम नहुने व्यवस्था मिलाइने भएको छ।

बैठकले इलाम जिल्लालाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय पनि गरेको छ।

null

null

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस