काठमाडौं । २०२५ को त्रि–राष्ट्रिय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तेस्रो खेलमा नेपालले भारतलाई हराएको छ । नेपालले २–१ गोलले हराएको हो । शिलङको जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भारतलाई उनकै घरमा धुलो चटायो । यो खेल सबित्रा भण्डारीको प्रदर्शनले चम्किएको थियो! वेलिङ्टन फिनिक्सकी स्ट्राइकर सबित्राले दुई गोल गर्दै गोर्खाली चेलीहरूले पूर्ण रूपमा योग्य जित सुनिश्चित गरे।
यो प्रतियोगिताको अन्तिम खेल हो । जहाँ दुबै टोली ईरानसँगको पराजयपछि मैदानमा उत्रिएका थिए । इरानसँग भारत ०–२ ले पराजित भएको थियो भने नेपाल ०–३ ले हारेको थियो।
यो खेल दुबै टोलीका लागि आफ्नो प्रतिष्ठा जोगाउने प्रयास थियो । भारतको ब्लू टाइग्रेस टोली सन् २०२६ मा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपको तयारीका क्रममा जितको लयमा फर्कन चाहान्थ्यो ।
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति : २०८२ कार्तिक ११ गते सोमवार

