२०८२ असोज २४ गते शुक्रवार | 2025 October 10th Friday

जेनजी समूहको वास्तविक लिडरबारे प्रधानमन्त्रीको हैरान पार्ने खुलासा

काठमाडौं । जेनजी आन्दोलनपछि गठित सरकार र राजनीतिक दलका नेताहरू आज पहिलोपटक आमनेसामने भएका छन्। बैठकमा दुई पक्षबीच सौहार्दपूर्ण वातावरण देखिएको भए पनि केही घोचपेच र प्रश्न–उत्तरको अवस्था पनि रह्यो।

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई परिवर्तनलाई आत्मसात गर्दै आगामी निर्वाचनमा सहभागी हुन आग्रह गरेकी थिइन्।

तर, कांग्रेस र एमालेले चुनावमा भाग लिने विषयमा कुनै ठोस प्रतिवद्धता जाहेर गरेनन्। यी दलहरूले आआफ्नो पार्टी बैठकपछि मात्रै धारणा सार्वजनिक गर्ने बताउँदै, घोषित मितिमा निर्वाचन हुनेमा संशय व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले भने निर्वाचन सफल बनाउन सबै पक्षले सहयोग गर्नुपर्ने धारणा राखेको थियो। पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले देशबाहिर रहेका नेपालीलाई मतदानमा सहभागी गराउनुपर्ने माग उठाएका थिए। सहमहामन्त्री विपिन कार्कीले जेनजी आन्दोलनप्रतिको ठूला दलहरूको बुझाइ सुधार्नुपर्ने सुझाव दिएका थिए।

राप्रपाका ज्ञानेन्द्र शाहीले ८ बुँदे एजेन्डा प्रस्तुत गरेका थिए, जसमा संघीयता खारेजीदेखि राजसंस्था पुनर्स्थापनासम्मका विषय समावेश थिए।

बैठकमा जेनजी समूहहरू धेरै भएको र कुनलाई आधिकारिक मान्ने भन्ने विषयमा पनि चर्चा भयो। विभिन्न समूहहरूले फरक–फरक माग उठाउँदै आएका छन् र आफूलाई लिडरको रूपमा प्रस्तुत गरिरहेका छन्। यसबारे प्रधानमन्त्री कार्कीले पनि स्पष्टता नदेखाएकी थिइन्।

स्रोतका अनुसार, ‘जेनजी समूहको वास्तविक लिडर को हो भन्ने मलाई पनि थाहा छैन। म पनि खोजी गरिरहेको छु,’ प्रधानमन्त्री कार्कीले बैठकमा भनिन्।

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस