२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

चर्चित बलिउड अभिनेत्रीको गजब धन्धा : एक रातमै तीन करोडको कमाइ, यसरी भयो पर्दाफास

मुम्बई — लेखिका तथा समाजसेवी शोभा डेले बलिउड अभिनेत्री शिल्पा शेट्टीको मुम्बईस्थित रेस्टुरेन्ट बास्टियन को अत्यधिक लोकप्रियताको बारेमा रोचक खुलासा गरेकी छन्। उनका अनुसार उक्त रेस्टुरेन्टले एक रातमै २ देखि ३ करोड रुपैयाँसम्म कारोबार गर्छ।

मोजो स्टोरीमा बरखा दत्तसँग कुरा गर्दै शोभाले भनिन्, “मुम्बईमा पैसाको बहाव अचम्मलाग्दो छ। सामान्य देखिने एउटा रेस्टुरेन्टको पनि रातको कारोबार २–३ करोड रुपैयाँ हुन्छ। सप्ताहान्तमा यो अझ बढ्छ। म आफैं त्यो रेस्टुरेन्ट हेर्न गएँ, किनभने जब मैले ती तथ्याङ्कहरू सुनेँ, मलाई विश्वासै लागेन।”

बरखा दत्तले कुन रेस्टुरेन्टको कुरा गर्दै छिन् भनेर सोध्दा शोभाले भनिन्, “यो बास्टियन हो। नयाँ बास्टियन, जुन माथिल्लो तल्लामा छ र २१ हजार वर्ग फिटको छ। त्यहाँबाट सहरको ३६०° दृश्य देखिन्छ।”

उनका अनुसार बास्टियनले प्रत्येक रात १,४०० जनासम्मलाई सेवा दिन्छ र त्यहाँ आउने पाहुनाहरू मध्ये धेरैजसो लक्जरी कारहरू, जस्तै ल्याम्बोर्गिनी र एस्टन मार्टिनमा आउने गर्छन्। “दादरदेखि नै लाइन लाग्छ। प्रत्येक टेबलले लाखौं रुपैयाँ खर्च गर्छ,” उनले भनिन्।

शोभाले थपिन्, “म स्तब्ध भएँ, किनभने त्यहाँ ७०० जनामध्ये म कुनै पनि अनुहार चिन्न सकिन। सबै युवा थिए र हरेक टेबलमा टकीलाका बोतलहरू अर्डर भइरहेका थिए।”

शिल्पा शेट्टीले २०१९ मा बास्टियन ब्रान्डका संस्थापक रंजित बिन्द्रासँग साझेदारी गरेकी थिइन्। अहिले उनी भारतभरका विभिन्न बास्टियन रेस्टुरेन्टहरूकी सह-मालिक हुन् र उक्त ब्रान्डमा ५० प्रतिशत हिस्सेदारी राख्छिन्।

हालै कुणाल विजयकरसँगको अन्तर्वार्तामा शिल्पाले पनि स्वीकार गरेकी थिइन् कि उनी भारतका सबैभन्दा ठूला रेस्टुरेन्ट मालिकहरूमध्ये एक हुन्।

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस