२०८३ असोज ३० गते शुक्रवार | 2026 October 16th Friday

प्रधानाध्यापक नै होटलमा रंगेहात समातिए, शिक्षक काण्ड भाइरल

रौतहट । शिक्षक नियुक्तिका लागि सेवाग्राहीसँग चार लाख पचास हजार रुपैयाँ घुस लिएको आरोपमा जय किसान माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय प्रसाद र बिचौलिया अरविन्द प्रकाश साहकानु पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको सूचनाको आधारमा बिचौलिया साहकानुले सेवाग्राहीबाट मागिएको रकम बुझिसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको जनाएको छ।

प्रधानाध्यापक प्रसादले विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी खुलाइएको विज्ञापनको आधारमा सेवाग्राहीबाट विधिपूर्वक दिइएको दरखास्तको प्रक्रियालाई अगाडि बढाउने बहानामा घुस मागेका थिए। उनले बिचौलियामार्फत चार लाख पचास हजार रुपैयाँ माग गरेका थिए।

सेवाग्राहीले उक्त रकम बिचौलिया साहकानुलाई बुझाएपछि अख्तियारको टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१३, अदालत रोडस्थित एक होटलबाट दुवै जनालाई शुक्रबार नियन्त्रणमा लिएको हो।

अहिले दुबैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।

प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस