२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

भुसाल र झाँक्रीसहित ६ नेतालाई माधव नेपालले दिए ठूलो झट्का, पार्टीभित्र हलचल (पत्रसहित)

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले घनश्याम भुसाल र रामकुमारी झाँक्रीसहित ६ जना नेतामाथि पार्टी सदस्यता नै खारेज गर्ने निर्णय गरेको छ।

पार्टी विरोधी कार्य गरेको भन्दै पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बुधबारको बैठकले विधानको धारा १२१ (२) अनुसार उनीहरूलाई पार्टी सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो।

575679996_793751613497638_5257017855887246161_n

कारबाहीमा परेका नेताहरूमा घनश्याम भुसाल, रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) रहेका छन्।

पार्टीले कुनै पनि व्यक्तिले पार्टीको नाम वा पद प्रयोग गरी भेला, बैठक, पत्रकार सम्मेलन वा कुनै गतिविधि गरेमा थप कारबाही हुने चेतावनीसमेत दिएको छ।

बुधबारमात्रै नेकपा माओवादी केन्द्रनेकपा (एकीकृत समाजवादी) सहित १० दलले मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन गरेका थिए। सो एकता प्रक्रियाको विरोध गर्दै ती नेताहरू लामो समयदेखि असन्तुष्ट रहँदै आएका थिए।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस