२०८३ भाद्र २७ गते शनिवार | 2026 September 12th Saturday

एमालेका ७ शीर्ष नेताको गोप्य छलफल, ओलीको पक्षमा खुले (नामसहित)

काठमाडौं । नेकपा एमालेका सात जना शीर्ष पदाधिकारीहरू अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने निष्कर्षमा पुगेका छन्। उनीहरूले शुक्रबार बसेको अनौपचारिक गोप्य छलफलमार्फत ओलीमै पार्टीको नेतृत्व टिकाउनुपर्ने निर्णय निकाल्दै पार्टीभित्र सन्देश पठाएका छन्।

उक्त छलफलमा उपाध्यक्ष रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, सचिव लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मा र पद्मा अर्याल सहभागी थिए।

पदाधिकारीहरूले मुलुकको अहिलेको जटिल राजनीतिक परिस्थितिमा पार्टी एकता सबैभन्दा ठूलो आवश्यकता भएको बताउँदै सबैलाई सुदृढ एकतामा योगदान गर्न आग्रह गरेका छन्। नेतृत्व चयनमा सर्वसम्मतिको पहल गर्ने निर्णयसमेत छलफलबाट आएको एक पदाधिकारीले जनाए।

प्रकाशित मिति : २०८२ मङ्सिर १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस