काठमाडौंबाट उडेको जहाजमा चरा ठोक्कियो, बुद्ध एयरले के भन्यो ?
काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको उडानमा अवतरणको क्रममा चरा ठोक्किएको छ। शनीबार, उडान संख्या ६१७, जहाज नं. ९ एन–एओसी अवतरण गर्दा चरा ठोक्किएको बुद्ध एयरले पुष्टि गरेको छ। सबै यात्रु र चालक दल सुरक्षित छन्। जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको छ। विमानमा कुनै गम्भीर क्षति नभएको बताइएको छ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed