२०८२ मङ्सिर २८ गते शनिवार | 2025 December 13th Saturday

‘षड्यन्त्रकारीहरूलाई छुट दिइने छैन’ दिल्ली विस्फोटबारे भुटानबाट प्रधानमन्त्री मोदीको स्पष्ट सन्देश

थिम्पु । प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीमा भएको विस्फोटलाई लिएर आक्रोशित बनेका छन् । घटना बारे प्रतिक्रिया दिँदै भनेका छन् कि यस घटनामा संलग्न षड्यन्त्रकारीहरूलाई छुट दिइने छैन। उनी हाल भुटानको भ्रमणमा छन् र त्यहीँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री मोदीले आफ्नो भाषणको सुरुवात मै भने, “आज म यहाँ निकै भारी मन लिएर आएको छु। हिजो साँझ दिल्लीमा भएको भयावह घटनाले सबैको मन दुखित बनाएको छ। यस घटनाको पछाडि रहेका षड्यन्त्रकारीहरूलाई छुट दिइने छैन।”

उनले थपे, “म हिजो रातभर यस घटनाको अनुसन्धानमा संलग्न सबै एजेन्सीहरू र महत्वपूर्ण व्यक्तिहरूसँग सम्पर्कमा थिएँ। विचार–विमर्श भइरहेको थियो, जानकारीहरू जोडिँदै थिए। हाम्रो सुरक्षा एजेन्सीहरू यस षड्यन्त्रको जरा सम्म पुग्नेछन्।” हामी कमजोर छैनौं । हामी जमिन, पानी मुनिबाटपनि अपराधिलाई निकाल्ने छौं ।

“Conspirators Will Not Be Spared” — PM Modi’s Strong Message from Bhutan on the Delhi Blast

 

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस