२०८२ कार्तिक १८ गते सोमवार | 2025 November 3rd Monday

मुस्ताङमा पहिरोले खोला थुनियो, ताल बनेको स्थान खोजी गर्दै सेना

काठमाडौँ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित नुन खानी खोंचमा पहिरो जाँदा नरसिंह खोला थुनिएको छ । स्थानीय प्रशासनले शनिबार रातिदेखि खोला थुनिएको जानकारी दिएको हो । खोला थुनिएको स्थान भन्दा मुनि पानी सुकेको जानकारी स्थानीयले गराएका मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी बताए ।

‘खोलाको पानी पुरै थुनिएको छ, अलिअलि मात्रै रसाएको देखिन्छ,’ प्रजिअ भुसालले भने, ‘आज दिउँसो नेपाली सेनाको ड्रोनमार्फत थुनिएको स्थान खोजी पर्यो, नुन खानी नजिक दुईतर्फी पहिरो गएर खोलाको पानी ताल बनेको पाइयो।’ सेनाले खोला थुनिएर ताल बनेको स्थानको तत्काल विश्लेषण गर्दा सोमबारसम्म ताल नभरिने र नफुट्ने जानकारी प्राप्त गरेको प्रजिअ भुसालले बताए। सेनाको ड्रोनमार्फत लिएको तस्बीर हेर्दा खासै ठुलो ताल बनेको जस्तो नदेखिएको उनको भनाइ छ । खोलाको पानी सुकेसँगै खोलातर्फको सडकबाट आउजाउ गर्ने सवारी साधन नचलाउन र मानिसलाई ओहोरदोहोर नगर्न जिल्ला प्रशासनले सूचना जारी गरेको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस