२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

काठमाडौंमा दिन दहाडै घरबेटी महिलासँग मिलेर का ण्ड मच्चाउने ६ जना रंगेहात समातिए

काठमाडौं — काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नं. ६ महादेवस्थानबाट ६ जना जुवाडे पक्राउ परेका छन्। पक्राउ पर्नेमा घरधनी ४४ वर्षीया सरिता गिरी, ३२ वर्षीय राजु लामा, ३६ वर्षीय नारायण अधिकारी, ३१ वर्षीय मिलन तमाङ, ३४ वर्षीय शनि खड्का र २७ वर्षीय सम्राट स्याङ्तान रहेका छन्।

प्रहरीका अनुसार उनीहरू आज दिउँसो २ बजे सरिता गिरीको चारतले घरको भुई तलामा रहेको बन्द कोठामा पैसाको हारजित हुने गरी कौडा खेलिरहेका थिए। थानकोट प्रहरी वृत्तबाट १० जना प्रहरी खट्दा उनीहरू खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो।

खेलमा प्रयोग भएका १६ थान कौडा र कौडाबाट जम्मा ४२,५५० रुपैयाँ बरामद गरिएको छ। उनीहरूको खोजतलास गर्दा १ लाख ७२ हजार ५० रुपैयाँ बरामद भएको छ। घरधनी गिरीसँग नगद नभएको बताइएको छ भने अन्य ५ जनाबाट १ लाख २९ हजार ५ सय रुपैयाँ बरामद गरिएको छ। उनीहरूलाई थप अनुसन्धानको लागि थानकोट प्रहरी वृत्तमा राखिएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस