२०८३ असार ९ गते मङ्गलवार | 2026 June 23rd Tuesday

शिक्षामन्त्री महावीर पुनले अचानक लिएको निर्णयबाट सबै हैरान

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन सिंहदरबारस्थित मन्त्रालयमा सरेका छन्। मन्त्रालयका अनुसार मन्त्री पुन आइतबारदेखि सिंहदरबारमै बस्न थालेका हुन्।

केशरमहलबाट उनको सामान सारिएको छ। गत ६ असोजमा मन्त्री बनेका पुन ७ असोजदेखि केशरमहलमा बसेका थिए। जेन–जी आन्दोलनका क्रममा सिंहदरबारभित्रको मन्त्रालयमा आगजनी भएपछि मन्त्रालय अस्थायीरूपमा केशरमहल सारिएको थियो।

मन्त्रालयको मुख्य कार्य पुनः सिंहदरबारबाट सञ्चालन हुन थालेपछि मन्त्री पुन पनि त्यहीँ सरेका हुन्। मन्त्रालयका सहसचिव अनिता निरौलाले भनिन्, “मन्त्रीज्यू आजदेखि यतै बस्नु हुन्छ।”

मन्त्रालयका अनुसार सिंहदरबारमा अझै मर्मतको काम चलिरहेको छ। त्यसैले केही काम केशरमहलबाट पनि हुने जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस