२०८३ जेष्ठ ११ गते सोमवार | 2026 May 25th Monday

विदेशीले भरिने होटलमा मध्यरातको त्यो घटना, एकजना घाइते, प्रहरी पुग्दा के देखियो?

भैरहवा । भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरात गोली चलेको छ। होटलको मुख्य गेटअगाडि केही व्यक्तिबीच विवाद भएपछि एक समूहले होटलभित्र प्रवेश गर्न खोज्दा सुरक्षागार्डमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

सुरक्षागार्ड मीनबहादुर परियार, बुटवल उपमहानगरपालिका–१५ निवासी,को तिघ्रामा गोली लागेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए। घाइते परियारको भीम अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।

प्रहरीका अनुसार घटना अनुसन्धानको क्रममा रहेको छ। उक्त होटलमा क्यासिनो पनि सञ्चालनमा रहेको र त्यहाँ दैनिक भारतीय नागरिकको आवागमन बढी हुने जनाइएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस